रिजउड नेपाली समाजद्वारा दुर्गा मन्दिर पुनर्निर्माणको अन्तिम चरण सम्बन्धी सूचना
आदरणीय आमाबुवा, दाजुभाई ,दिदीबहिनी एवम् सम्पूर्णमा नमस्कार
रिजउड नेपाली समाज तथा दुर्गा मन्दिर को भवन पुर्ननिमाण को अन्तिम चरणमा आईपूगेका छौं। यहांहरु लाई यो कुरा अवगत गराउन पाउदा हामी अत्यन्तै हर्षित भयका छौं । अहिले हामी दुर्गा मन्दिर भित्र मार्वल का मुर्ति व्यवस्थापनको प्रक्रियामा छौं । मार्वलका मुर्तिहरु इन्डियामा बन्ने भएकोले इन्डिया बाट मगाउने तयारि गर्दैछौं । हामीहरुलाई मुर्ति ल्याउदा मुर्ति सहित यस्को खर्च करिब यसरी अनुमानित आएको छ।
1. दुर्गा – $7000
2. राधाकृष्ण – $6000
3. लक्ष्मीनारायण – $6000
4. रामसिता – $6000
5. गणेस – $6000
6. शिवपार्वती – $6000
7. बुद्ध – $6000
8. हनुमान – $6000
9. नवग्रह – $6000
10. नर्वदेश्वर शिवलिङ्ग – $12000
11. नवदुर्गा का ससना 9 वटा मुर्ति – $6000
यदी यहांहरु कोहि ब्यक्तिगत, समुहगत र संस्थागत रुपमा मुर्ति दान गर्न इच्छुक हुनुहुन्छ भने रिजउड नेपाली समाजका कार्य समितिका साथिहरुलाइ मिति December 18, 2025 सम्म सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्न चाहान्छौं ।
नोट: यी मुर्तिहरु दान गर्नुहुने दाताहरुको नाम मुर्ति दाता को रुपमा अभिलेख रहने जानकारी गराउदछौं ।
राजेश भट्ट
अध्यक्ष
रिजउड नेपाली समाज
718-404-4501
