Ridgewood Nepalese Society Editor Pick श्रीमद भागवत महापुराण

श्रीमद भागवत महापुराण

श्रीमद भागवत महापुराण post thumbnail image

श्रीमद भागवत महापुराण आज चौथो दिन

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
सादर नमस्कार !
रिजवुड नेपाली समाजले गर्न लागेको दोस्रो बृहद श्रीमद भागवत महापुराण भब्य रुपले सफल पार्नका लागि सबैलाई आवहान गर्दछु ।
२०१० मा बाचन शिरोमणी पण्डित दीनबन्धु पोख्रेल ज्युद्वारा बाचन गरिएको पहिलो बृहद श्रीमद भागवत महापुराणमा संकलन गरिएको करिब पाँच लाख पच्चिस हजार डलर रकमले करिब ५००० स्क्वाएर फूट्को जग्गा खरिद गरिसकिएको कुरा यहाँहरु सबैलाई बिदितै छ । अब सोहि जग्गामा नेपाली मन्दिर तथा सामुदायिक भवनको निर्माण गर्ने बेला आएको छ । एक एक ईँटाले सिंगो महल बन्छ भने यो महान कार्यको लागि सबै जना एक हुनु जरुरी छ । यसमा रिजवुडका नेपाली मात्रै होइन न्युयोर्क लगायत सम्पूर्ण नेपालीहरु द्वारा सहयोग हुनु जरुरी छ । हामी सबै मिल्यो भने यो कार्य सहजताका साथ सम्पन्न गर्न सकिने हुँदा आफूले गरेको पुण्य कामले सातौँ पुस्ता सम्म राम्रो हुन्छ भने यस महान कार्यलाई सबै मिली उकेरा लगाउँ ।
जय श्रीमद भागवत महापुराण
मिति- अगस्ट २३ तारिख देखि अगस्ट २९ तारिख सम्म
समय – साँझ ४ बजेदेखि राती १० बजेसम्म
स्थान-सत्यनारायण मन्दिर, ज्याक्सन हाइट

Leave a Reply

Related Post

Founding General MemberFounding General Member

Ridgewood Nepalese Society, New York को दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र (DTNCC) को Founding General Member श्री लक्ष्मण कार्कि, श्रीमती प्रतिभा ज्ञवाली, छोरी सुश्री कुञ्जल कार्कि एवं कार्कि परिवार

Nepal Day ParadeNepal Day Parade

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु हाम्रो देश, संस्कृति र भेष-भूषालाई विश्व सामु चिनाउनका लागि यहि मे २१ तारिख अाइतबारका दिन संसारकै चर्चित र ब्यस्त शहर म्यान्हटनमा हुन गइरहेको “नेपाल डे परेड”