श्री स्वस्थानी व्रत कथा र पूजा कार्यक्रमको अवसरमा – हार्दिक निमन्त्रणा – Ridgewood Nepalese Society

श्री स्वस्थानी व्रत कथा र पूजा कार्यक्रमको अवसरमा – हार्दिक निमन्त्रणा

Invite_enhanced

आमा बुबा, दाजुभाई, दिदीबहिनी सम्पूर्णमा नमस्कार🙏

January 13 2025 सोमबार का दिन देखि श्री स्वस्थानी व्रत कथा सुरु हुने भयको छ।पोष् शुक्लपूर्णिमाका दिन देखि सुरु भएर माघ शुक्लपर्णिमा सम्म चल्ने श्री स्वस्थानी व्रतकथा वैदिक सनातन कालदेखि धार्मिक रुपले अतिनै महत्वपूर्ण मानिन्छ। श्री स्वस्थानी व्रत अवधि सम्म चोखो खाएर माताको पूजा, अर्चना कथा श्रवण गर्नाले परिवारमा सुख , शान्ति, समृद्धि र कल्याण हुनेछ। यहांहरुलाई थाहा नै छ विगतका बर्ष जस्तै यस बर्ष पनि स्वस्थानी भव्य र सव्य रुपले सम्पन्न हुनेनै छ ।

मन्दिरमा सधै नित्य पूजा भईरहेको यहांहरुलाई अवगतनै छ। January 13 देखि सुरु हुने पूजा, अर्चना , आरती , स्वस्थानी कथा , पुष्पान्जली र भजन किर्तन ७ बजे देखि ९:३० रात्री सम्म रहनेछ।कर्म भूमिमा छौं , हरेक दिन व्रत बस्न नसकेपनि १ दिन परिवारको राम्रो उन्नति प्रगतिको लागि व्रत बसि त्यो दिनको कर्ता बनेर माताको पूजा अर्चना गरौं।

भजन किर्तनको लागि मादल , खैजडी मजूरा बजाउने कोहि भक्तजन हुनुहुन्छ भने सहयोग गर्न सक्नुहुनेछ। कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजकाकार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

महासचिव

नविन अधिकारी

स्थान: दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र. 1662 Stephen St Ridgewood, NY 11385. रिजउड नेपाली समाज