2025 Archives - Ridgewood Nepalese Society

2025

67

TOWN HALL MEETING – Invitation

नेपाली अमेरिकी समुदाय संगठनहरूको सहकार्यमा, रिजउड नेपाली समाज (RNS) ले 2026 को श्री स्वस्थानी व्रत कथा (New York Swasthani Mahotsav 2026) लाई सफल र प्रभावशाली रूपमा आयोजना गर्न सामुदायिक सुझाव, सहभागिता र सहयोग प्राप्त गर्ने उद्देश्यले Town Hall Meeting आयोजना गरेको छ।

 यस महत्वपूर्ण बैठकमा तपाईँको सुझाव, सहभागिता र उपस्थिति हाम्रो लागि अत्यन्त मूल्यवान हुनेछ।

 Date: December 21, 2025 (Sunday)

 Time: 2:00 PM – 4:00 PM

 Venue: Durga Temple / Nepali Community & Cultural Center
(16-62 Stephen St, Ridgewood, NY 11385)

यस बैठकमा महोत्सवको सम्पूर्ण तयारी, समितिहरूको संरचना, भूमिकाहरू, स्वयंसेवक संलग्नता तथा सामुदायिक सहभागिताका विषयमा विस्तृत छलफल गरिनेछ।

 सबै समुदाय सदस्यहरूलाई अनिवार्य सहभागिता का साथ उपस्थित भई आफ्नो सुझाव, विचार र समर्थन प्रदान गर्न हार्दिक अनुरोध गर्दछौँ।

 हाम्रो साँस्कृतिक, हाम्रो पहिचान।
“समुदायको आवाज—समुदायकै सहभागिता।”

Ridgewood Nepalese Society (RNS)

Contact for More Information:
RNS President: Rajesh Bhatta 718-404-4501/ Program Chair: Uddab Shastri 615-439-7798/ Program Coordinator: Amit P. Shah 347-863-6058

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

🕉️ New York Swasthani Mahotsav 2026 (श्री स्वस्थानी व्रत कथा)

नेपाली अमेरिकी समुदाय संगठनहरूको सहकार्यमा, रिजउड नेपाली समाज (RNS) ले सन् 2026 को New York Swasthani Mahotsav (श्री स्वस्थानी व्रत कथा) आयोजना गर्ने भएको छ।

📅 जनवरी 3 देखि फेब्रुअरी 1, 2026 सम्म
📍 Durga Temple तथा New York Nepali Community & Cultural Center, Ridgewood, NY मा सञ्चालन हुने यो एकमहिने ऐतिहासिक महोत्सवले नेपाली परम्परा, संस्कृति, आध्यात्मिकता र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

यसै सन्दर्भमा, RNS ले महोत्सवको सफल आयोजना तथा सञ्चालनका लागि निम्न व्यक्तिहरूलाई विभिन्न समिति संयोजकको रूपमा नियुक्त गरेको घोषणा गर्दछ। हाम्रा सबै संयोजकहरूको अनुभव, नेतृत्व र योगदानलाई उच्च सम्मान गर्दै, यस महत्वपूर्ण जिम्मेवारीका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

🏆 महोत्सव समिति संयोजकहरू (उल्लेखनीय योगदानसहित):

🔸 गुरु दीपक खरालज्यू – कथा–वाचन तथा पूजा समिति संयोजक
धार्मिक ज्ञान, विधि–विधानमा गहिरो पकड तथा समुदायप्रतिको समर्पणमार्फत सम्पूर्ण कथा–वाचन, पूजा र अनुष्ठानलाई मर्यादित, सफल तथा आध्यात्मिक रूपमा समृद्ध बनाउने जिम्मेवारी।

🔸 श्री अमित प्रताप शाहज्यू – कार्यक्रम संयोजक
अनुभवी नेतृत्व, सुदृढ योजना र प्रभावकारी समन्वय क्षमताद्वारा महोत्सवलाई सुव्यवस्थित, सहभागीमैत्री र प्रभावशाली बनाउने महत्वपूर्ण योगदान।

🔸 श्री तुलसी आचार्यज्यू – वित्त समिति संयोजक
भरोसामन्द नेतृत्व, पारदर्शिता र वित्तीय अनुशासनमार्फत महोत्सवलाई आर्थिक रूपमा सुदृढ र व्यवस्थित बनाउने जिम्मेवारी।

🔸 श्री फर्शु राम पन्थीज्यू – बाह्य समन्वय तथा जनसम्पर्क समिति संयोजक
सशक्त संचार कौशल, समुदायसँगको पहुँच र अनुभवमार्फत महोत्सवको प्रचार–प्रसार, सहभागिता र प्रभावशीलता अभिवृद्धि गर्ने जिम्मेवारी।

🔸 श्रीमती सुनिता भण्डारीज्यू – कर्त्ता तथा स्थल व्यवस्थापन समिति संयोजक
उत्कृष्ट व्यवस्थापन क्षमता, अनुशासन र समर्पणका साथ स्थल व्यवस्थापन, स्वागत तथा दैनिक कार्यक्रम सञ्चालनलाई सुव्यवस्थित बनाउने जिम्मेवारी।

🔸 श्री गोपी ढुंगानाज्यू – भजन–कीर्तन समिति संयोजक
भक्तिभाव, संगीतप्रतिको समर्पण र नेतृत्वमार्फत महोत्सवलाई आध्यात्मिक तथा सांस्कृतिक रूपमा अझ समृद्ध बनाउने जिम्मेवारी।

🔸 श्री अमर अधिकारीज्यू – यातायात तथा लजिस्टिक्स समिति संयोजक
आवागमन व्यवस्थापन, सामग्री आपूर्ति तथा लजिस्टिक्स समन्वयमार्फत महोत्सवलाई सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न महत्वपूर्ण योगदान।

🔸 अनुप शर्माज्यू – प्रविधि तथा सामाजिक सञ्जाल समिति संयोजक
आधुनिक प्रविधि, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत महोत्सवको सूचना प्रवाह, प्रचार–प्रसार र अनलाइन सहभागिता सुदृढ बनाउने जिम्मेवारी।

🔸 श्री रामकृष्ण बरतौलाज्यू – स्वयंसेवक समिति संयोजक
स्वयंसेवकहरूको परिचालन, तालिम, समन्वय र व्यवस्थापनमार्फत महोत्सवलाई सेवामुखी, अनुशासित र प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी।

🔸 श्री राजेश भट्टज्यू – अध्यक्ष / सम्पूर्ण कार्यक्रम समन्वय
सम्पूर्ण महोत्सवको नेतृत्व, दीर्घदृष्टि, मार्गदर्शन र समग्र समन्वय सुनिश्चित गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान।

🙏 सम्पूर्ण नेपाली–अमेरिकी समुदायलाई यस धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महोत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक आमन्त्रण गर्दछौँ।

हाम्रो संस्कृति, हाम्रो पहिचान। समुदायको आवाज, समुदायकै सहभागिता।

दुर्गा मन्दिर तथा नेपाली सामुदायिक केन्द्र पुनर्निर्माणको अन्तिम चरणका लागि तपाईंको अमूल्य सहयोगको हार्दिक अनुरोध।

आदरणिय आमावुवा दाजुभाई एवं दिदीबहिनीहरुमा नमस्कार ।

दुर्गा मन्दिर एवं नेपाली सामुदायिक तथा साँस्कृतिक केन्द्र (Durga Temple and Nepalese Community and Cultural Center - DTNCC) को भवन (1662 Stephen St, Ridgewood NY 11385) पुननिर्माणको कार्य अन्तिम चरणमा रहेको यहाँहरु सबैमा जानकारी गराउंदछौं ।

पुननिर्माणको कार्यको लागि अहिले हामिहरुलाई रकम अभाव भएको हुनाले पुरानो बोलकबुल गर्नुभएको दाताहरुले बाँकि दान रकम तथा नयाँ एवं थप दान गर्न चाहनुहुने दाताहरुले यथाशक्य दान रकम उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछौं ।

दान गर्न इच्छुक दाताहरुले यस कार्यसमितिका सदस्यहरुलाई सम्पर्क गर्नुहुन साथै निम्न माध्यमहरुबाट दान गर्न सक्नुहुनेछ ।

- Cash

- Check

- Zelle – rnsocietyny@gmail.com

- Web/Recurring/Onetime payment - https://nepalesesociety.org/donate/

दान रकम सम्बन्धमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौं ।

सम्पर्कः

राजेश भट्ट - 718-404-4501

तुलसीराम आचार्य - 347-204-6040

राजेश भट्ट

अध्यक्ष

रिजउड नेपाली समाज

588510603_827300426577863_5889062077200824803_n

न्यूयोर्क विवाह पंचमी महोत्सव २०२५ को हार्दिक निमन्त्रण!

श्रीराम र माता सीताको पवित्र विवाह दिवसको अवसरमा यस वर्ष पनि रिज्जवुड नेपाली समाजले, मिथिला सेंटर अमेरिका को सहकार्यमा, विवाह पंचमी महोत्सव २०२५ भव्य रूपमा मनाउन लागिएको जानकारी गराउँदै तपाईं र तपाईंको परिवारलाई हार्दिक आमन्त्रणा गर्दछौँ।

यस शुभ अवसरमा पूजापाठ, भजन–कीर्तन, र आध्यात्मिक गतिविधिबाट समुदायमा सहिष्णुता, सांस्कृतिक एकता र सौहार्द प्रवर्द्धन गरिनेछ।

रिज्जवुड नेपाली समाजले विगत वर्ष झैँ यस पटक पनि समुदायलाई एकै ठाउँमा ल्याउने सुन्दर परम्परालाई निरन्तरता दिँदैछ।

तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ विशेष र पवित्र बनाउनेछ।

 मिति: मंगलबार, २५ नोभेम्बर २०२५

 समय: साँझ ६:०० – ८:०० बजे

 स्थान: 16-66 Stephen St., Ridgewood, New York, USA

 थप जानकारी:

 राजेश भट्ट: (718) 404-4501

 अमित पी. शाह: (347) 863-6058

 हार्दिक स्वागत — जय सियाराम! 

रिजउड नेपाली समाजद्वारा दुर्गा मन्दिर पुनर्निर्माणको अन्तिम चरण सम्बन्धी सूचना

आदरणीय आमाबुवा, दाजुभाई ,दिदीबहिनी एवम् सम्पूर्णमा नमस्कार

रिजउड नेपाली समाज तथा दुर्गा मन्दिर को भवन पुर्ननिमाण को अन्तिम चरणमा आईपूगेका छौं। यहांहरु लाई यो कुरा अवगत गराउन पाउदा हामी अत्यन्तै हर्षित भयका छौं । अहिले हामी दुर्गा मन्दिर भित्र मार्वल का मुर्ति व्यवस्थापनको प्रक्रियामा छौं । मार्वलका मुर्तिहरु इन्डियामा बन्ने भएकोले इन्डिया बाट मगाउने तयारि गर्दैछौं । हामीहरुलाई मुर्ति ल्याउदा मुर्ति सहित यस्को खर्च करिब यसरी अनुमानित आएको छ।

1. दुर्गा - $7000
2. राधाकृष्ण - $6000
3. लक्ष्मीनारायण - $6000
4. रामसिता - $6000
5. गणेस - $6000
6. शिवपार्वती - $6000
7. बुद्ध - $6000
8. हनुमान - $6000
9. नवग्रह - $6000
10. नर्वदेश्वर शिवलिङ्ग - $12000
11. नवदुर्गा का ससना 9 वटा मुर्ति - $6000

यदी यहांहरु कोहि ब्यक्तिगत, समुहगत र संस्थागत रुपमा मुर्ति दान गर्न इच्छुक हुनुहुन्छ भने रिजउड नेपाली समाजका कार्य समितिका साथिहरुलाइ मिति December 18, 2025 सम्म सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्न चाहान्छौं ।

नोट: यी मुर्तिहरु दान गर्नुहुने दाताहरुको नाम मुर्ति दाता को रुपमा अभिलेख रहने जानकारी गराउदछौं ।

राजेश भट्ट
अध्यक्ष
रिजउड नेपाली समाज
718-404-4501 

571124363_803538865620686_1300838352104137974_n

देउसी भैलो कार्यक्रम

हार्दिक धन्यवाद 🙏

रिजउड नेपाली सोसाइटी द्वारा नेपालीहरुको महान चाड तिहारको उपलक्ष्य आयोजना गरेको देउसी भैलो कार्यक्रम को माध्यमबाट बिभिन्न संघ संस्था तथा ब्यक्तिगत दाता जीउहरुलाइ हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौ हजुरहरुको अ्मुल्य समय र महत्वपुर्ण दान रकमले हामीलाइ मन्दिर निर्माण कार्य सम्पन्न गर्न सहयोग भयको कुराको जानकारी गराउदै तपाईं लगायत सम्पुर्ण दाताहरुको रकम तपसिल बम्मोजिमको रहेको र उक्त रकम तपाईं हरुले पहिले दियको दान रकमा जोडियर अभिलेख राखिने कुराको जानकारी गराउदै रिजउड नेपाली सोसाइटी को तर्फबाट हजुरहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछौ 🙏

सत्यराज पाण्डेय राजेश भट्ट

कार्यक्रम संयोजक अध्यक्ष (RNS)

Invite_enhanced

श्री स्वस्थानी व्रत कथा र पूजा कार्यक्रमको अवसरमा – हार्दिक निमन्त्रणा

आमा बुबा, दाजुभाई, दिदीबहिनी सम्पूर्णमा नमस्कार🙏

January 13 2025 सोमबार का दिन देखि श्री स्वस्थानी व्रत कथा सुरु हुने भयको छ।पोष् शुक्लपूर्णिमाका दिन देखि सुरु भएर माघ शुक्लपर्णिमा सम्म चल्ने श्री स्वस्थानी व्रतकथा वैदिक सनातन कालदेखि धार्मिक रुपले अतिनै महत्वपूर्ण मानिन्छ। श्री स्वस्थानी व्रत अवधि सम्म चोखो खाएर माताको पूजा, अर्चना कथा श्रवण गर्नाले परिवारमा सुख , शान्ति, समृद्धि र कल्याण हुनेछ। यहांहरुलाई थाहा नै छ विगतका बर्ष जस्तै यस बर्ष पनि स्वस्थानी भव्य र सव्य रुपले सम्पन्न हुनेनै छ ।

मन्दिरमा सधै नित्य पूजा भईरहेको यहांहरुलाई अवगतनै छ। January 13 देखि सुरु हुने पूजा, अर्चना , आरती , स्वस्थानी कथा , पुष्पान्जली र भजन किर्तन ७ बजे देखि ९:३० रात्री सम्म रहनेछ।कर्म भूमिमा छौं , हरेक दिन व्रत बस्न नसकेपनि १ दिन परिवारको राम्रो उन्नति प्रगतिको लागि व्रत बसि त्यो दिनको कर्ता बनेर माताको पूजा अर्चना गरौं।

भजन किर्तनको लागि मादल , खैजडी मजूरा बजाउने कोहि भक्तजन हुनुहुन्छ भने सहयोग गर्न सक्नुहुनेछ। कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजकाकार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

महासचिव

नविन अधिकारी

स्थान: दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र. 1662 Stephen St Ridgewood, NY 11385. रिजउड नेपाली समाज