Editor Pick Archives - Ridgewood Nepalese Society

Editor Pick

353515761_258667820089574_3337374520071853512_n

Founding General Member

Ridgewood Nepalese Society, New York को दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र (DTNCC) को Founding General Member श्री लक्ष्मण कार्कि, श्रीमती प्रतिभा ज्ञवाली, छोरी सुश्री कुञ्जल कार्कि एवं कार्कि परिवार नेपालको काठमाण्डौ बाट २०१६ मा अमेरिका आई हाल ओजनपाक, न्यूयोर्कमा बस्दै आउनु भएको छ । उहाँहरुले दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र (DTNCC) निमार्णको लागि कबुल गर्नु भएको सम्पूर्ण चन्दा रकम $501.00 उपलब्ध गराउनु भएकोमा Ridgewood Nepalese Society हृदय देखी धन्यबाद दिन चाहन्छौं ।

finalFrontpage

GAUTAM: Founding Golden Trustee

FOUNDING GOLDEN TRUSTEE


रिजउड नेपाली समाज न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक  केन्द्रका Golden Trustee  तथा दाता दम्पति श्रीमान खुमानाथ गौतम र श्रीमती पुष्पा अधिकारी गौतम  सन २००५ मा अमेरिका आएदेखि  नै न्युयोर्कको रिजउडमा बसोबास गर्दै आउनु भएको छ । खुमानाथ गौतमज्युको नेपालमा स्याड;ज्या जिल्लाको आउरीखर्क पुर्खौली थलो भएतापनि बुटबल काठमाडौ हुदै बसाई सर्ने क्रममा अहिले न्युयोर्क बासी बन्नुभएको छ I त्यस्तै श्रीमती पुष्पा अधिकारी गौतमज्यु  पनि स्यॉग्ज्या जिल्लाकै तुल्सी भन्ज्याड;मा जन्मी बुटवलमा हुर्किएर बिगत १४ बर्षदेखि न्युयोर्कमा बस्दै आउनु भएको छ I दुई सन्ततिका धनि यी दम्पति आफ्नै ब्यवसायमा संलग्न हुनुहुन्छ I

वहाहरुले मन्दिरको लागि कबुल गर्नु भएको सम्पुर्ण रक़म चन्दादान  कबुल गरे  लगत्तै उपलब्ध गराईसक्नु भएको छ I रिजउड नेपाली समाज वहाहरुलाई हदयदेखि नै धन्यवाद दिन चाहन्छ I

Download pdf

1

KHATRI: Founding Golden Trustee


रिजउड नेपाली समाज, न्यु योर्कको दुर्गा मन्दिर तथा नेपाली संस्कृतिक केन्द्रका Golden Trustee तथा दाता दम्पति: श्री जनक खत्री र श्रीमती भगवती खत्री सन् २००३ देखि न्यु योर्क सहर बस्दै आउनु भएको छ I हाल रिजउड, न्यु योर्कमा बस्नु हुने श्रीमान खत्री नेपालको भक्तपुर जिल्ला, नलिन्चोकमा जन्मिएर बसाई सर्ने क्रममा अमेरिका आउनु भएको हो भने श्रीमति खत्री नेपालको काभ्रे जिल्ला, भैसेपार्टीमा जन्मिएर अमेरिका बसाई सर्नु भएको हो I दुई सन्तानका धनि यी दम्पति आफ्नै व्यवसायमा संलग्न हुनुहुन्छ I वहाहरुले मन्दिरका लागि कबुल गर्नु भएको सम्पूर्ण चन्दादान उपलब्ध गराई सक्नु भएको छ I

रिजउड नेपाली समाज, न्यु योर्क वहाहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छ I

durga

Durga Temple: Religious, Spiritual, and Prayer Center

Projects

Durga Temple

Embarking on a sacred journey, Ridgewood Nepalese Society is proud to present the Durga Temple—a serene haven for religious and spiritual pursuits. Serving as a dedicated Prayer Center, the temple is a place of worship, meditation, and community connection. Nestled within our society, the Durga Temple invites individuals to experience the richness of Nepalese religious traditions, fostering spiritual growth and unity within our community

durgatemple

Nepalese American Community and Cultural Center

Projects

Nepalese American Community and Cultural Center

Description: Our vision expands beyond cultural celebration to the creation of the
Nepalese American Community and Cultural Center. This ongoing project is designed to
be a hub of cultural exchange, education, and community engagement. The center aims
to provide a welcoming space for various cultural programs, language classes, and
community events. It is a testament to our commitment to preserving and promoting
Nepalese culture while facilitating integration and understanding within the broader
American community.

nepal day parade

Nepal Day Parade

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
हाम्रो देश, संस्कृति र भेष-भूषालाई विश्व सामु चिनाउनका लागि यहि मे २१ तारिख अाइतबारका दिन संसारकै चर्चित र ब्यस्त शहर म्यान्हटनमा हुन गइरहेको "नेपाल डे परेड" मा अमेरिकामा रहेका संघ-संस्थाहरु सँग हातेमालो गर्दै रिजवुड नेपाली समाज पनि सगौरब यस अभियानलाई भब्य रुपमा सफल पार्नका लागि अमेरिका भरी रहनु भएका सम्पूर्ण नेपाली दाजु-भाइ, दिदि-बहिनीहरुमा हार्दिक अपिल गर्दछ र उक्त दिन रिजवुड र रिजवुड वरपर बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरु उपस्थित भइ भब्य रुपमा सफल पार्नुहुन अव्हान गर्दछ ।
धन्यबाद !
रिजवुड नेपाली समाज
तथा रिजवुड परिवार

mahapuran

श्रीमद भागवत महापुराण

श्रीमद भागवत महापुराण आज चौथो दिन

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
सादर नमस्कार !
रिजवुड नेपाली समाजले गर्न लागेको दोस्रो बृहद श्रीमद भागवत महापुराण भब्य रुपले सफल पार्नका लागि सबैलाई आवहान गर्दछु ।
२०१० मा बाचन शिरोमणी पण्डित दीनबन्धु पोख्रेल ज्युद्वारा बाचन गरिएको पहिलो बृहद श्रीमद भागवत महापुराणमा संकलन गरिएको करिब पाँच लाख पच्चिस हजार डलर रकमले करिब ५००० स्क्वाएर फूट्को जग्गा खरिद गरिसकिएको कुरा यहाँहरु सबैलाई बिदितै छ । अब सोहि जग्गामा नेपाली मन्दिर तथा सामुदायिक भवनको निर्माण गर्ने बेला आएको छ । एक एक ईँटाले सिंगो महल बन्छ भने यो महान कार्यको लागि सबै जना एक हुनु जरुरी छ । यसमा रिजवुडका नेपाली मात्रै होइन न्युयोर्क लगायत सम्पूर्ण नेपालीहरु द्वारा सहयोग हुनु जरुरी छ । हामी सबै मिल्यो भने यो कार्य सहजताका साथ सम्पन्न गर्न सकिने हुँदा आफूले गरेको पुण्य कामले सातौँ पुस्ता सम्म राम्रो हुन्छ भने यस महान कार्यलाई सबै मिली उकेरा लगाउँ ।
जय श्रीमद भागवत महापुराण
मिति- अगस्ट २३ तारिख देखि अगस्ट २९ तारिख सम्म
समय - साँझ ४ बजेदेखि राती १० बजेसम्म
स्थान-सत्यनारायण मन्दिर, ज्याक्सन हाइट

shivapuja

हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना!

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
सादर नमस्कार
हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना !
भोलि फेब्रुअरी २४ तारिख हिन्दूहरूको पबित्र दिन शिवरात्रि हो । हरेक बर्ष जस्तै रिजवुडको दुर्गा मन्दिरमा शिवरात्रीको अवसरमा निम्नानुसार कार्यक्रम गरी मनाइने भएको हुँदा सबै भक्तजनहरूलाई हार्दिक आमंत्रण गर्दछौ ।
बिहान ७:३० बजेदेखि ११:०० बजेसम्म शिव पूजा,आरती,अभिषेक
साँझ ७:०० बजेदेखि १२:०० बजेसम्म भजन कृतन