KAFLE: Founding Diamond Trustee

KAFLE: Founding Diamond Trustee

Founding Diamond Trustee

 

न्यु योर्क सहरको रिजउड स्थित दुर्गा मन्दिर तथा नेपाली संस्कृतिक केन्द्रका Founding Diamond Trustee तथा दानदाता दम्पति: श्री दीपक राज काफ्ले र श्रीमती पुष्पा आचार्य काफ्ले सन् २००३ देखि न्यु योर्क सहर बस्दै आउनु भएको छ I हाल भ्याल्ली स्ट्रिम, लंग आईलेन्ड न्यु योर्कमा बस्नु हुने श्रीमान काफ्ले नेपालको तेह्रथुम जिल्ला, आठराई न. पा.– ५, छातेढुंगामा जन्मिएर बसाई सर्ने क्रममा सुनसरीको इटहरी अनि काठमाडौँ हुदै अमेरिका बसाई सर्नु भएको हो भने श्रीमति काफ्ले पनि नेपालको झापा जिल्लाको गौरादह न.पा.- ४, डोरामारीमा जन्मिएर काठमाडौँ हुदै अमेरिका बसाई सर्नु भएको हो I चारजना सन्तानका अभिभावक यी दम्पति स्वास्थ्य अनुसन्धान र नर्शिंग व्यवसायमा संलग्न हुनुहुन्छ I

वहाहरुले मन्दिरलाई अर्पण गर्नु भएको Diamond तहको सम्पूर्ण चन्दादान दिई सक्नु भएको छ I रिजउड नेपाली समाज एवम दुर्गा मन्दिर तथा नेपाली संस्कृतिक केन्द्र, न्यु योर्क वहाहरु स-परिवारलाई हार्दिक आभार तथा धन्यवाद अर्पण गर्दछ I

 

— \ —

Leave a Reply

Your email address will not be published. Required fields are marked *