KHATRI: Founding Golden Trustee

KHATRI: Founding Golden Trustee


रिजउड नेपाली समाज, न्यु योर्कको दुर्गा मन्दिर तथा नेपाली संस्कृतिक केन्द्रका Golden Trustee तथा दाता दम्पति: श्री जनक खत्री र श्रीमती भगवती खत्री सन् २००३ देखि न्यु योर्क सहर बस्दै आउनु भएको छ I हाल रिजउड, न्यु योर्कमा बस्नु हुने श्रीमान खत्री नेपालको भक्तपुर जिल्ला, नलिन्चोकमा जन्मिएर बसाई सर्ने क्रममा अमेरिका आउनु भएको हो भने श्रीमति खत्री नेपालको काभ्रे जिल्ला, भैसेपार्टीमा जन्मिएर अमेरिका बसाई सर्नु भएको हो I दुई सन्तानका धनि यी दम्पति आफ्नै व्यवसायमा संलग्न हुनुहुन्छ I वहाहरुले मन्दिरका लागि कबुल गर्नु भएको सम्पूर्ण चन्दादान उपलब्ध गराई सक्नु भएको छ I

रिजउड नेपाली समाज, न्यु योर्क वहाहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छ I

Leave a Reply