Nepal Day Parade – Ridgewood Nepalese Society

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
हाम्रो देश, संस्कृति र भेष-भूषालाई विश्व सामु चिनाउनका लागि यहि मे २१ तारिख अाइतबारका दिन संसारकै चर्चित र ब्यस्त शहर म्यान्हटनमा हुन गइरहेको “नेपाल डे परेड” मा अमेरिकामा रहेका संघ-संस्थाहरु सँग हातेमालो गर्दै रिजवुड नेपाली समाज पनि सगौरब यस अभियानलाई भब्य रुपमा सफल पार्नका लागि अमेरिका भरी रहनु भएका सम्पूर्ण नेपाली दाजु-भाइ, दिदि-बहिनीहरुमा हार्दिक अपिल गर्दछ र उक्त दिन रिजवुड र रिजवुड वरपर बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरु उपस्थित भइ भब्य रुपमा सफल पार्नुहुन अव्हान गर्दछ ।
धन्यबाद !
रिजवुड नेपाली समाज
तथा रिजवुड परिवार

Leave a Reply