श्रीमद भागवत महापुराण – Ridgewood Nepalese Society

श्रीमद भागवत महापुराण

0

श्रीमद भागवत महापुराण आज चौथो दिन

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
सादर नमस्कार !
रिजवुड नेपाली समाजले गर्न लागेको दोस्रो बृहद श्रीमद भागवत महापुराण भब्य रुपले सफल पार्नका लागि सबैलाई आवहान गर्दछु ।
२०१० मा बाचन शिरोमणी पण्डित दीनबन्धु पोख्रेल ज्युद्वारा बाचन गरिएको पहिलो बृहद श्रीमद भागवत महापुराणमा संकलन गरिएको करिब पाँच लाख पच्चिस हजार डलर रकमले करिब ५००० स्क्वाएर फूट्को जग्गा खरिद गरिसकिएको कुरा यहाँहरु सबैलाई बिदितै छ । अब सोहि जग्गामा नेपाली मन्दिर तथा सामुदायिक भवनको निर्माण गर्ने बेला आएको छ । एक एक ईँटाले सिंगो महल बन्छ भने यो महान कार्यको लागि सबै जना एक हुनु जरुरी छ । यसमा रिजवुडका नेपाली मात्रै होइन न्युयोर्क लगायत सम्पूर्ण नेपालीहरु द्वारा सहयोग हुनु जरुरी छ । हामी सबै मिल्यो भने यो कार्य सहजताका साथ सम्पन्न गर्न सकिने हुँदा आफूले गरेको पुण्य कामले सातौँ पुस्ता सम्म राम्रो हुन्छ भने यस महान कार्यलाई सबै मिली उकेरा लगाउँ ।
जय श्रीमद भागवत महापुराण
मिति- अगस्ट २३ तारिख देखि अगस्ट २९ तारिख सम्म
समय – साँझ ४ बजेदेखि राती १० बजेसम्म
स्थान-सत्यनारायण मन्दिर, ज्याक्सन हाइट

Leave a Reply